logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाबुराम भट्टराई भन्छन्- समाजवादी मोर्चा भित्री र बाहिरी शक्तिसँग बार्गेनिङ गर्ने हतियार नबनोस्


अंकुरण खबर
1.105K
Shares

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चा भित्री र बाहिरी शक्तिसँग बार्गेनिङ गर्ने हतियार नबनोस् भनेर टिप्पणी गरेका छन्।

उनले ट्विट गरेका छन्, ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो। कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्। केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्।’

उनले अगाडि भनेका छन्, ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्। केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्।’

चारदलीय समाजवादी मोर्चामा आबद्ध हुन अस्वीकार गरेका भट्टराईले केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् भन्दै टिप्पणी गरेका हुन्। केही दिनअघि प्रचण्डसँग भेटेर समाजवादी मोर्चामा जाने धारणा व्यक्त गरेका भट्टराई अन्तिममा अस्वीकार गरेका थिए।

सोमबार माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समाजवादी मोर्चा बनेको थियो।