logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तनहुँमा बस दुर्घटना : २ को मृत्यु, २५ जना घाइते


अंकुरण खबर
728
Shares

तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २५ यात्रु घाइते भएका छन् ।

आज बिहान पाल्पाको रामपुरबाट पोखरातर्फ जादैँ गरेको ग१ख ६१७५ नम्वरको बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खसेको हो ।

मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङकै वडा नं ३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

प्रहरीका अनुसार, थापाको घटनास्थलमै र गुरुङको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका २५ यात्रु मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।  घाइतेमध्ये १८ लाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।