logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

आज देशैभर वर्षा, महाशाखाले दियो यस्तो चेतावनी


अंकुरण खबर
1.131K
Shares

अझै कम्तीमा ३ दिन देशभर मौसम बदली र वर्षा जारी रहने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार अहिले (शुक्रबार बिहान) पनि कोशीका तराईसहित केही भूभाग, बागमती र कर्णालीका एक/दुई स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

मौसमविद् महर्जनका अनुसार दिउँसो काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना छ। कोशीको तराईमा एक घण्टादेखि पानी परिरहेको छ भने कर्णाली ,बागमती प्रदेश तिर पनि पानी पर्न सुरु भएको छ।

यस्तै राति देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अनि कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

महाशाखाको २४ घण्टे चेतावनी

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ– देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/ चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। देशको तराई भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघगर्जनरचट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद् महर्जनले आइतारसम्म वर्षा जारी रहने र मौसम नसुध्रिने सम्भावना रहेको बताइन्। ‘लगातार झरी त हुँदैन, तर वर्षा जारी रहने सम्भावना छ’, उनले भनिन्।