Friends playing volleyball
सातौँ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल लिगका दौरान सोमबार भएको गण्डकी प्रदेश र आर्मीबीचको अन्तिम समयको खेल तनावपूर्ण रह्यो।
खेलका दौरान त्रिभुवन आर्मी क्लबका खेलाडीले दर्शकदीर्घामा नै पुगेर दर्शकमाथि हातपात गरेपछि नेपाल भलिबल संघले एक छानबिन समिति गठन गरेको छ।
भलिबल संघको कार्यसम्पादन समितिको सोमबार साँझ बसेको बैठकले संघका महासचिव तथा प्रतियोगिता संयोजक रोशन श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो।
छानविन गरेर असार ३० गतेभित्र प्रतिवेदन बुझाउन समितिलाई जिम्मेवारी दिएको छ।