कपिलवस्तुमा सर्पकाे डसाइबाट दुई दिनमा चार जनाको ज्यान गएकाे छ ।
गएराति बुद्धभूमि नगरपालिका–१ मा विषालु सर्पले डस्दा दुई दाजुभाइकाे ज्यान गएकाे हाे ।
हिजाे बिहान बुद्धभूमि नगरपालिका–१० की १६ वर्षीया ममता रैदासको र ३० वर्षीया अनिता यादवको पनि सर्पको डसाइबाट ज्यान गएकाे छ ।
जिल्लामा बर्खा लागेसँगै सर्पको बिगबिगी बढिरहेकाे छ ।