पूर्वी नेपालका केही ठाउँमा गएराति ठूलो पानी परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार झापाको केचनामा गएराति ४ घण्टामै १ सय २० मिलिमिटर पानी परेको थियो । यस्तै, मोरङको हरैँचामा एक सय भन्दा माथि, सप्तरीमा ७५ र सुनसरीमा ८० मिलिमिटर पानी परेको छ ।
केचना आसपास बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
झापा आसपासका क्षेत्र भएर बग्ने साना नदीमा बाढीको जोखिम तथा नदी तटीय क्षेत्र र डुबान हुने होचा ठाउँमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।