logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सामाजिक सञ्जाल प्रयोग गरी अर्बभन्दा बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ


अंकुरण खबर
1.131K
Shares

अर्बभन्दा बढी ठगी गर्ने गिरोहका ७ सदस्यलाई उदयपुरको कटारीबाट पक्राउ गरिएको छ ।

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने गिरोहका सदस्यलाई बुधबार दिउँसो प्रहरीले सार्वजनिक गरेको हो ।
उनीहरुले सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, भाइवर, हृवाट्सअपलगायत सामाजिक सञ्जाल उपयोग गर्दै विभिन्न व्यक्तिबाट एक अर्ब, नौ करोडभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धमा खुलेको प्रहरी उपरीक्षक फुयालले बताए ।

पक्राउ परेकाहरुका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप भई अनुसन्धान कार्य अघि बढेको प्रहरी उपरीक्षक फुयालले बताए ।