logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोकिएन लम्पी स्किन संक्रमणको महामारी


अंकुरण खबर
1.144K
Shares

२०७७ असारमा मोरङको सुन्दर हरैंचा नगरपालिकाका गाईभैंसीमा देखा परेको यो रोगको संक्रमण अहिले मनाङबाहेकका सबै जिल्लामा फैलिएको छ ।

केही जिल्लामा नियन्त्रणबाहिर पुगेको छ । २५ हजार बढी पशुको मृत्यु र लाखौं पशु संक्रमित हुँदा रोग नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्न सकेको छैन ।

देशैभरि नै लम्पी स्किनको महामारीले किसानहरु चिन्तित छन् । सरकारले यो महामारीबाट क्षति भएका पशु चौपायाहरुको उचित क्षतिपूर्ति माग किसानहरु आन्दोलनमा उत्रिएका छन् । क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको ६ बुँदे माग राख्दै पीडित किसानहरुले ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमै पुगेर धर्ना दिएका छन् ।