logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लम्पी स्किन महामारीले संसद तात्यो


अंकुरण खबर
2.496K
Shares

तीन वर्षअघिदेखि पूर्वी नेपालबाट गाईभैंसीमा शुरु भएको लम्पी स्किन रोगको संक्रमण अहिले ७७ वटै जिल्लामा देखिएको छ ।

संघीय संसदमा पटक पटक सांसदहरुले यो विषय उठाए पनि सरकारले वेवास्ता गरेपछि सभामुखले नै रुलिङ गरेका छन् ।
संक्रमणले महामारीको रुप लिँदा पनि सरकार गम्भीर नभएको भन्दै किसानहरु नै पशुसेवा विभाग घेराउ गर्न आएपछि संसदहरुले गम्भीर रुपले यो विषय उठाएका छन् ।

यसअघि सून्य समय आ–आफ्ना क्षेत्रमा देखिएको संक्रमणबारे सांसदहरुले ध्यानाकर्षण गराएका थिए ।
यो संक्रमणले महामारीकै रुप लिँदा विमा कम्पनीहरुले प्रभावित क्षेत्रमा पशुको विमासमेत गर्न मानेका छैनन् ।

तीन वर्षअघिदेखि फैलिएको संक्रमणप्रति सरकार गम्भीर नहुँदा गाईभैंसीमा यो रोगको महामारीकै रुप लिएको छ ।
देशैभर संक्रमणको महामारी हुँदा पनि सरकारले संक्रमण नियन्त्रण गर्न सकिरहेको छ ।