logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इरानको एयरस्पेस प्रयोग नगर्न निगमको निर्देशन


अंकुरण खबर
624
Shares

अब खाडी मुलुक जानको लागी विमान पाकिस्तानको एयरस्पेसपछि फारसको खाडी हुँदै ओमनको आकाशमा पुग्नेछ । जसले गर्दा जुनसुकै खाडी मुलुक जानको लागी पनि धेरै समय लाग्ने भएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले बुधबारदेखि मध्यपूर्वमा उडान भर्ने आफ्ना विमानलाई इरानको आकाश प्रयोग नगरी ओमनको बाटो भएर उडान भर्न निर्देशन दिएको हो। नेपाल बायुसेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार इरान–अमेरिका तनावका कारण सुरक्षाको दृष्टिले यस्तो निर्देशन दिइएको हो।

यसअघि काठमाडौंबाट खाडी जाने विमानले नेपालपछि क्रमशः भारत, पाकिस्तान र इरानको एयरस्पेस प्रयोग गर्थे। अब ती विमान पाकिस्तानको एयरस्पेसपछि फारसको खाडी हुँदै ओमनको आकाशमा पुग्नेछन्।

जसले गर्दा अब काठमाडौंबाट बहराइन, युएई, कतार, साउदी र कुवेतका लागि उडेका जुनसुकै एरलायन्सका जहाजलाई त्यहाँ पुग्न पहिलेको समय भन्दा केही बढी लाग्नेछ।

हाल काठमाडौंमा २८ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएका छन् ।