श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले भारत ‘ए’सँग खेल्दैछ।
समूह ‘ बी ‘ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल भारत ‘ए’सँग खेल्न लागेको हो। पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग पराजित भएको थियो। नेपाल आज पहिलो जितका लागि मैदान उत्रने छ।
नेपाल र भारतबीचको खेल दिउँसो २ः१५ देखि सुरु हुनेछ । सेमिफाइनल सम्भावना जीवितै राख्न नेपालले भारतलाई हराउनुको विकल्प छैन ।
समूह ‘बी’ मा रहेको नेपालले तेस्रो खेलमा बुधबार यूएईको सामना गर्नेछ । समूहको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।