बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न नदिने भन्दै ककनी गाउँपालिकाका स्थानीय र जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन् ।
फोहोर र मानिसलाई सँगै राख्न नमिल्ने भन्दै आफूहरुले पटक पटक माग राख्दा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रनु परेको ककनी गाउँपालिकाका ३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए ।
सोमबार बिहानैदेखि वडाध्यक्ष बजगाईंसहितको टोलीले बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा फोहोर बोकेर गएका उपत्यकाका गाडीहरुलाई अवरोध गरेका छन् ।
त्यहाँका स्थानीयवासी अव्यवस्थित ढंगबाट फोहोर बिसर्जन गर्दा झिँगा धेरै आउन थालेपछि आक्रोशित बनेको वडाध्यक्ष बजगाईंले बताए ।