logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

५० हजार रुपैयाँ घुससहित अधिकृत पक्राउ


अंकुरण खबर
3.107K
Shares

मकवानपुर । ५० हजार रुपैयाँ घुस रकमसहित प्रदेश नम्बर ३ का एक जना कर्मचारीलाई अख्तियार दुरुपयोेग अनुसंधान आयोगको हेटौंडा कार्यालयले पक्राउ गरेको छ ।

उद्योग, वाणिज्य, तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडामा कार्यरत आठौँ तहका अधिकृत चन्दनकुमार अमात्यलाई नगद ५० हजार रुपैयाँ सहित पक्राउ गरिएको हो ।

उद्योग दर्ताको लागि आइईई प्रतिवेदन स्वीकृतिका गराइदिन घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोेग अनुसंधान आयोगको हेटौंडा कार्यालयका सुचना अधिकारी देव कुमार राईले बताउनुभयो । पक्राउ परेका अमात्यमाथि थप अनुसन्धान भइरहेको उनले बताए।