logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फोहर ढुवानीमा भइरहेको अवरोध हट्यो


अंकुरण खबर
1.768K
Shares

काठमाण्डौ उपत्यकाको फोहर ढुवानीमा भइरहेको अवरोध हटेको छ ।

सहरी विकास मन्त्रालयसँग नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासिन्दाको छलफलमा मौखिक सहमति भएसँगै आन्दोलन रोकिएको हो।

सहमति अनुसार फोहर व्यवस्थापन भइरहेको सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम भइरहेको छ । गएरातिदेखि नै दुर्गन्ध हटाउने र फोहर छोप्ने काम भइरहेको हो ।
फोहरका कारण दुर्गन्ध फैलिँदा र झिँगा भन्किँदा स्थानीयबासिन्दा आक्रोशित भएका थिए ।

फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेका थिए ।