logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि


अंकुरण खबर
1.222K
Shares

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज चौथो दिन पनि जारी रहनेछ। बैठक सानेपामा बिहान ११ बजे सुरु हुनेछ। मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्।

बिहीबार ३५ जना केन्द्रीय सदस्यले बोलेका थिए। आज बाँकी सदस्यले आफ्ना कुरा राख्नेछन्। एक वर्षपछि राखिएको केन्द्रीय समिति बैठकमा विभिन्न विषय उठिरहेका छन्। अधिकांशले पार्टी संरचनालाई चुस्त बनाउनुपर्ने नेतृत्वलाई सुझाव दिएका छन्। गठबन्धनको पक्ष-विपक्षमा पनि मिश्रित प्रतिक्रिया आएका छन्।