ओखलढुङ्गा सदरमुकाम नजिकै जिविस खोरिया टोलमा पहिरोले तीन घरमा क्षति पुर्याएको छ ।
सोमबार देखि परेको अविरल वर्षाका कारण जिल्लाको सिद्धिचरण नगरपालिका–१२ को जिविस खोरिया टोलमा मङ्गलवार बिहान गएको पहिरोले तीन घर र एउटा कुखुरा फार्ममा क्षति हुनुको साथै दुई जना घाइते हुनुभएको छ।
घाइते दुवै जनाको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।