logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विष्णुमती र धोबीखोला उर्लिए : सतर्कता अपनाउन महाशाखाको अनुरोध


अंकुरण खबर
1.508K
Shares

काठमाडौं उपत्यकासहित देशभर परेको अविरल वर्षाले नदी तथा खोलाहरूमा जल सतह बढेको छ।

उपत्यकाकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा गए रातिदेखि परेको भारी वर्षाले आसपासका नदीनालाहरूको जल सतह बढेकोले सतकर्ता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जल सतह सतर्कता बिन्दुमा पुगेकोले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।