logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सय किलो सुन तस्करी प्रकरणमा राजनीतिक साइनो खोज्दै सिआइबी


अंकुरण खबर
1.807K
Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) करिब एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरूको राजनीतिक दलका नेताहरूसँगको सम्बन्ध र सम्पर्कबारे अनुसन्धान गर्न थालेको छ।

पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ र तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामाको नेपाली र भारतीय सुन कारोबारी तथा नेपाली नेताहरूसँगको सम्बन्धबारे अनुसन्धान सुरु गरेको हो।

ब्युरोका अनुसार सुन तस्करी प्रकरणमा अर्थ मन्त्रालयका उच्च अधिकारी र केही नेपाली व्यवसायी पनि निगरानीमा छन्। ‘एक नेपाली व्यवसायीमार्फत अर्थ मन्त्रालय उच्च अधिकारीसम्म दावा छिरिङको पहुँच पुगेको देखियो’, प्रहरी उच्च स्रोतले भन्यो।

प्रहरीले कल डिटेल पनि अनुसन्धान गरिरहेको छ।