logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धरान प्रवेशमा कडाइ, संयम अपनाउन दलहरूको अपिल


अंकुरण खबर
1.703K
Shares

धरानमा आज आयोजना गरिने भएको धार्मिक र्‍यालीले दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले सहर प्रवेशमा कडाइ गरेको छ।

विभिन्न हिन्दू संगठनहरुले आज धरानमा धार्मिक र्‍याली आयोजना गरेका छन। र्‍यालीले तनाव उत्पन्न गर्न सक्ने भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो। यही धार्मिक र्‍याली लक्षित गरेर धरानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

धरानमा प्रशासनले शनिबार रातिसम्मका लागि शुक्रबार नै  निषेधाज्ञा जारी गरेको छ।  सोही अनुसार धरान प्रवेश गर्ने सबै नाकाहरुमा कडाइ गरिएको छ।

‘धरान प्रवेशका सबै नाकाहरुमा कडाइ गरेका छौं,’ सुनसरी प्रहरीले भनेको छ, ‘धरानबाट बाहिर जानलाइ रोक लगाएका छैनौ, आउन कडाइ गरेका छौँ।’

निषेधाज्ञा  धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिमको  बाटो बराहक्षेत्र १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी  ६ नं. बाट बराहक्षेत्र  वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा लगाइएको छ।