logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै


अंकुरण खबर
1.456K
Shares

आज (बुधबार) कृष्ण जन्माष्टमी, हिन्दु धर्मावलम्बीहरू भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाउँदैछन्।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका आविष्कारक कृष्णको जन्म द्वापरयुगमा पञ्चाङ्ग अनुसार भगवान विष्णुका आठौं अवतारका रूपमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ।

यसका साथै उनीसँग सोह्र हजार गोपिनीलाई मोहित पार्नसक्ने गुण भएकाले श्रीकृष्ण जन्मोत्सवको रातलाई मोहरात्री पनि भनिन्छ। कृष्ण जन्माष्टमीलाई श्री जयन्ती, सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी वा सहज भाषामा जन्माष्टमी भन्ने गरिन्छ।

बाल्यकालदेखि नै आफ्ना मनोहर लीला देखाएका श्रीकृष्णले शिशुपाल, पुतना, जरासन्ध, कंश, जस्ता दानवी प्रवृत्तिको नास गरेका थिए। शास्त्रमा बताए अनुसार लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्परा अनुरूप कंश जस्ता दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको हो।