logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वर्षा र हिमपातले कर्णालीको जनजीवन कष्टकर : पाँच जिल्ला सञ्चारविहीन


अंकुरण खबर
1.625K
Shares

कर्णाली प्रदेशको जुम्ला, हुम्ला, मुगु, कालीकोट र डोल्पा जिल्ला हिमपात र वर्षाका कारण सञ्चारविहीन भएका छन्। लगातार परेको हिमपात र वर्षाका कारण त्यहाँ ल्याण्डलाइन, मोबाइल फोन र इन्टरनेट सेवा अवरुद्ध भएको स्थानीयले जनाएका छन् ।

डोल्पा, कालीकोट र जुम्लामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा ठप्प भएको छ । त्यसैगरि हुम्ला र मुगुमा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ। वर्षा र हिमपात कारण घाम नलागेर सोलार चार्ज नभएको साथै चिसोले जेनेरेटर पनि नचलेकाले सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ ।

सोलार र जेनेरेटरले काम नगरेकै कारण जुम्ला र डोल्पा तथा जुम्ला र कालीकोट जिल्लाका सीमावर्ती क्षेत्रमा राखिएका रिपिटर टावरहरु बारम्बार अवरुद्ध हुने र सिंगो कर्णाली नै सञ्चारविहीन हुने गरेको छ।