logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्री रानामगरले दिए राजीनामा


अंकुरण खबर
2.145K
Shares

कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ।

शनिबार बिहान एमालेबाट मन्त्री भएका रामबहादुर रानामगरले राजीनामा दिएका हुन्।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार मात्रै माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरेका थिए। त्यसप्रति असन्तुष्टि जनाउँदै एमाले सरकारबाट बाहिरिएको हो।

कार्की एमालेको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका थिए। एमालेले कांग्रेस र एमालेको मात्रै संलग्नता रहेको सरकार गठनको लागि मुख्यमन्त्रीलाई दबाब दिएको थियो। तर मुख्यमन्त्रीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पनि सरकारमा भित्र्याएपछि एमाले बाहिरिएको हो।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिइसकेका छन्।