logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कस्तो छ आजको मौसम?


अंकुरण खबर
1.352K
Shares

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार वायुको प्रभावका कारण आज बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सफा रहेको छ।

आज दिउँसो पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागले राति भने आंशिक बदली रहनुका साथै मौसम सामान्यतया सफा रहने जनाएको छ।