logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लोकसेवा कार्यालय हटाउन लागेको भन्दै विरोध


अंकुरण खबर
2.21K
Shares

खोटाङ, संघीय लोकसेवा आयोगको कार्यालय काठमाडौंमा मात्र रहनेगरी ऐन बन्न लागेको भन्दै खोटाङमा विरोध सुरु भएको छ।

खोटाङलगायत विभिन्न जिल्लामा हालसम्म कायम रहेका आयोगको कार्यालय हटाउनेगरी ऐन बनाउन लागेको भन्दै नागरिक अधिकार तथा भ्रष्टाचारविरुद्ध अभियान संघर्ष समितिको अगुवाइमा शुक्रबार दिक्तेलमा हस्ताक्षर संकलन गर्दै ९याली सहित संघीय संसद् प्रतिनिधिसभा राज्य व्यवस्था समितिसमक्ष ज्ञापनपत्र पठाइएको छ।

हाल छलफलकै क्रममा रहेको संघीय लोकसेवा आयोगको विधेयकमा संघीय लोकसेवा आयोगको कार्यालय काठमाडौंमा रहने उल्लेख गरिएको तर आवश्यकताका आधारमा अन्य जिल्लामा पनि कार्यालय राख्न सकिने व्यवस्था हटाउन लागिएको बुझिएकाले विरोध गर्नु परेको संघर्ष समितिका संयोजक महाप्रसाद आचार्यले बताए।

२०३४ सालमा दिक्तेलमा स्थापित लोकसेवाको कार्यालयलाई यथावत् राख्न संघर्ष समितिको अगुवाइमा प्रजिअ विष्णुहरि उपाध्ययमार्फत ज्ञापनपत्र पठाइएको हो।