logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय


अंकुरण खबर
3.783K
Shares

नेपाल सरकारले हालका लागि नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रीपरिषद्को आजको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  दिइन्।

‘आजैदेखि लागु हुनेगरी टिकटक  बन्द गर्ने निर्णय हो। प्राविधको कुरा हो। हेरौँ बन्द हुन कति समय लाग्छ।’ मन्त्री शर्माले  भनिन्।

टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । छोटो समयमा निकै चर्चामा आएको यस समाजिक सञ्जाललाई भारत लगायत अन्य देशले यसअघि नै प्रतिवन्ध लगाइसकेका छन्।