logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कांग्रेसको अडान,संसदीय छानबिन समिति गठन नगरे संसद बैठक चल्न नदिने


अंकुरण खबर
1.248K
Shares

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानबिन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।
साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार आफै जिम्मेवार हुने बताएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले कांग्रेसले निरन्तर छानबिन समितिको माग गरेको छ ।आज बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो। नेपाली कांग्रेसले तत्काल सहकारी ठगीका बारेमा संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ।