नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्ण प्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन्।
गठबन्धन टुटे लगत्तै पनि दुई नेता बालुवाटार गएका थिए ।सदनको अवरोध खुलाउने उपायबारे छलफल गर्न प्रधानमन्त्रीले नेताहरूलाई बालुवाटार बोलाएर गएको बताइएका छन् ।बालुवाटारमै एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायतका शीर्ष नेता पनि छलफलमा व्यस्त छन् ।कांग्रेसले भने सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएको छ ।सभामुख देवराज घिमिरे आफ्नै दिदीको निधनका कारण झापा जाने कार्यक्रम थियो । तर सदनमा देखिएको अवरोध अन्त्यका लागि पहल गर्न उनले झापा जाने कार्यक्रम समेत रद्द गरेका छन् ।