logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतको नैनितालमा जिप दुर्घटना: ७ नेपालीको मृत्यु


अंकुरण खबर
1.807K
Shares

भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ।
सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु सवार जिप भिरबाट झन्डै दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो।भारतीय मिडियाहरूका अनुसार मल्ल गाउँस्थित उन्चकोट सडकमा जिप दुर्घटना भएको बताएका छन्। दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ। गाडीमा सवार दुई नेपाली मजदुर पनि गम्भीर घाइते भएका छन्। प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरेको थियो। गाडीमा ९ नेपाली कामदार रहेको प्रहरीले बताएको छ।
उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर सबै जना फर्कँदै गर्दा उक्त दुर्घटना भएको हो। दुर्घटनामा ज्यान गुमाएका नेपाली मजदुरको परिचय भने खुल्न सकेको छैन।