logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एनसेल टावरमा बम विस्फोट


अंकुरण खबर
1.508K
Shares

सिन्धुलीको एक एनसेल टावरमा बम विस्फोट गरिएको छ।
गएराति करिब १ बजे सिन्धुलीको कमलामाई नगरपालिका-४ स्थित् एनसेल टावरमा कुकर बम विस्फोट गरिएको प्रहरीले जनाएको छ।विस्फोटले टावरमा क्षति भएको र सेवापनि अवरूद्ध भएको सिन्धुली प्रहरीले जनाएको छ।
विस्फोट गरिएको ठाउँ नजिक जनमुक्ति सेना नेपालको पर्चा भेटिएको छ।