logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

मध्यरातमा काटियो बुद्धचित्तको बोट


अंकुरण खबर
1.378K
Shares

काभ्रेमा बुद्धचित्तको बोट काटेर अज्ञात समूहले एक घरमा चारवटा सकेट बम राखेको फेला परेको छ।
शुक्रबार बिहान करिब १ बजे रोशी गाउँपालिका वडा नम्बर ५ नागबेलीस्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्ध चित्तको बोट काटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। १५र२० जनाको अज्ञात समूहले बारीमा आएर बुद्धचित्तको बोट काटेको भन्ने खबर प्रहरले प्राप्त गरेको थियो। उक्त खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मंगलटारबाट बिहान साढे २ बजे टोली घटनास्थलमा पुगेको थियो।
टोली पुग्दा बुद्ध चित्तको बोट काटिएको थियो। त्यस्तै आँगनमा चारवटा घरेलु सकेट बम राखिएको फेला परेको थियो भने घर नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट पनि फेला परेको छ। यसबारे प्रहरीले अनुसन्धान बढाएको छ।