logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

यस्तो छ आजको मौसम


अंकुरण खबर
1.313K
Shares

नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जसले गर्दा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। लुम्बिनी तथा सुदूरपश्चिममा मध्यान्हपछि हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र महाशाखाका अनुसार, सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना छ।