logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बढ्यो पेट्रोलियम पदार्थको मूल्य


अंकुरण खबर
1.196K
Shares

सरकारले मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको फेरि मूल्य बढाएको छ।
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ। दुई साताअघि पनि पेट्रोलको मूल्य वृद्धि भएको थियो।
निगम लिमिटेडले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थकोप्रति लिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैयाँ ४६ पैसा मूल्य बढेको हो। नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर १७८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १६१ रुपैयाँ पुगेको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १७५ रुपैयाँ ५० पैसा तोकिएको छ।यस्तै सुर्खेत र दाङका लागि १७७ रुपैयाँ मूल्य रहेको छ भने काठमाडौं, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य १६१ रुपैयाँ कायम गरिएको छ।