logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२७२ किलो गाँजा बोकेको कन्टेनरसहित चालक पक्राउ


अंकुरण खबर
1.157K
Shares

रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्ड अन्तर्गत बाइपास इलाकाबाट प्रहरीले २७२ किलो ३३ ग्राम गाँजसहित एक व्यक्तिलाई पक्राउ गरिएको छ।
सोहि क्रममा गाँजा लैजाँदै गरेको कन्टेनर पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई विशेष सूचनाका आधारमा जाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाई लुकाइ छिपाई लैजाँदै गरेको गाँजा फेला परेको हो। नम्बर २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमाण्डमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर चालक भारत घर भएका ३६ वर्षीय सतनम सिंहलाई नियन्त्रणमा लिएको हो। सिंहलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देशीमा बुझाइएको छ।