logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

महानगरमा २ सय ४२ सहकारीविरुद्ध ६ हजार उजुरी


अंकुरण खबर
1.001K
Shares

काठमाडौं महानगरपालिकामा दुई सय ४२ सहकारीविरुद्ध ६ हजार उजुरी दर्ता भएका छन् ।
यी सहकारीले बचतकर्ताको करिब एक खर्ब रकम फिर्ता गर्न बाँकी छ ।महानगरका सहकारी विभाग निर्देशक बलराम त्रिपाठीका अनुसार करिब तीन हजार उजुरी भने सामान्य सहमतिमा फिर्ता भएका छन् ।‘हाल महानगरको कार्यक्षेत्रमा एक हजार नौ सय सहकारी छन् । यीमध्ये दुई सय ४२ सहकारीविरुद्ध ६ हजार उजुरी दर्ता भएका छन् । तीन हजार उजुरी भने सामान्य सहमतिका आधारमा फिर्ता भइसकेका छन् । विभागमा अहिले पनि दैनिक दुई–तीनवटा उजुरी आउँछन्,’त्रिपाठीले भने,‘बचत गरेको रकम सहकारीले फिर्ता नदिएको, तोकिएबमोजिम ब्याज प्राप्त नभएकोलगायत उजुरी परेका छन् ।’
त्रिपाठीले केही उजुरी सहकारी सञ्चालकले बचतकर्ता र ऋणीविरुद्ध पनि दर्ता गरेको बताए । बचतकर्ताले धम्क्याएको, ऋणीले ऋण नतिरेको, ऋणीबाट पैसा असुलउपर नहुन्जेल घरजग्गा रोक्का राखिदिनुपर्नेलगायत उजुरी परेको उनले बताए ।