logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते


अंकुरण खबर
2.314K
Shares

सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस धारावतीमा दुर्घटनामा परेको हो। बस सडकबाट १०० मिटर तल खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता निरन्जन भट्टराईले जानकारी दिए।५५ जना सवार बसमा घाइते ५२ जना मध्ये ८ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ। घाइतेको उद्धार गरी बाह्रबिसे अस्पताल पठाएको प्रवक्ता भट्टराईको भनाइ छ।