logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बझाङमा मतदान जारी


अंकुरण खबर
1.443K
Shares

शनिबार बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ।बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा रहेका छन्। बझाङमा ६१ हजार सात सय ४८ मतदाताले आफ्नो उम्मेदवार चुन्दैछन्।

निर्वाचनका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ। मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि एक हजार दुई सय सुरक्षाकर्मीहरु परिचालन गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिए।

यस्तै, ६ सय ५१ कर्मचारी परिचालन गरिएको उनले बताए।बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते निधन भएपछि रिक्त यो क्षेत्रमा आज उपचुनाव भइरहेको हो।

यस उपचुनावमा कांग्रेसबाट स्वर्गीय पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंह चुनावी मैदानमा रहेका छन् भने नेकपा एमालेबाट जिल्ला अध्यक्ष दमन भण्डारी उम्मेदवार रहेका छन्।यसैगरी, नेकपा माओवादी केन्द्रबाट जनक बुढा र नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह उम्मेदवार छन्।