मतगणना
फिक्कल(इलाम), १६ वैशाख :
इलाम क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना गरिँदै । इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सभागृह(सिटी हल)मा मतगणना भइरहेको छ । तस्बिर : रामकुमार लिम्बू/ रासस
इलाम-२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।
हालसम्मको मतगणनामा सुहाङले ११६१९ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले ७६५९ मत ल्याएका छन् । नेम्वाङ ३९५९ मतले अघि रहेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र (लिम्बु) थेगिमले ७४५२ मत पाएका छन् । रास्वपाका मिलन लिम्बूले १५९६ मत ल्याएका छन् । हाल मत गणना जारी छ ।