logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सेतीमा नुहाउन पसेका व्यक्ति डुबेर बेपत्ता


अंकुरण खबर
1.339K
Shares

सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् ।

शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ । उनी सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए थिए ।

कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए । उनका अनुसार तामाङ बेपत्ता भएको सूचनामा सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए ।

प्रहरीले उनको खोजी गरिरहेको छ ।