logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युवा संघ नेपाल चम्पादेवी गाउँपालिका कमिटीले भलिबल प्रतियोगिताको आयोजना गर्दै


अंकुरण खबर
1.599K
Shares

युवा संघ नेपाल चम्पादेवी गाउँपालिका कमिटीले वडा स्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
युवा संघ नेपालको ३५औं स्थापना दिवसको अबसर पारेर युवा संघ नेपाल चम्पादेवी गाउँपालिका कमिटीले जेठ १ गते देखी ४ गते सम्म वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।

वडा स्तरीय भलिबल प्रतियोगिताका विजेता टिमलाई नगद रु ७७७७ साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै उप-विजेतालाई नगद रु ४४४४ साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको सेमिफाईनलमा पुग्ने  दुवै टिमलाई भने नगद रु १५/१५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिता जेठ ४ गते समापन हुनेछ भने प्रतियोगिताको समापनको दिन विशेष सांगितीक कार्यक्रम समेत सञ्चालन हुने छ । समापनको दिन सञ्चालन हुने सांगितीक कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरु बालकुमार श्रेष्ठ, विनय कार्की, अञ्जना सारु मगर तथा नविना सिलवाल ‘खुईली’ को उपस्थिति रहने छ ।