logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वराजा शाहले दिए पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना


अंकुरण खबर
2.431K
Shares

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना दिएका छन् ।

आइतबार एक सन्देश जारी गर्दै शाहले शुभकामना दिएका हुन् । उनको दिएको शुभकामनामा भनिएको छ, ‘राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनुहुँदैन ।’

पूर्वराजा शाहले लेखेको विज्ञप्तिमा भनिएको छ, ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन ।’ देशका सबै भूभागको रक्षा तथा समग्र नेपालवासीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने उनको सुझाव छ ।