प्रहरीले पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विमानस्थल प्रहरी कार्यालयका अनुसार फ्लाई दुबईबाट आइतबार साँझ पौने ७ बजे आएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशन सुनसहित पक्राउ परेका हुन् ।
उनीहरू कपडामा सुनको लेप लगाएर आएको र चेक जाँच गर्नेक्रममा समातिएका प्रहरीले जनाएको छ । उनीहरूलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको छ ।