logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसइई नतिजा : धेरै फेल भए पनि ३.६ देखि ४ जिपिए ल्याउने बढे


अंकुरण खबर
2.678K
Shares

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज (बिहीबार) बिहानै सार्वजनिक गरिसकेको छ।

आज सार्वजनिक भएको नतिजाअनुसार सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गरेसँगै ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३ सय १३ जना फेल (एनजी) भएका छन्।

तर,३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीहरूको संख्या भने बढेको छ। परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार ३१ हजार २ सय ९ जना विद्यार्थीले ल्याए ३‍‍.६ देखि ४ जिपिए ल्याएका छन्।

गत वर्ष २२ हजार ४ सय ७५ जनाले मात्रै ३.६ देखि ४ जिपिए ल्याएका थिए। २०७८ सालको एसइईमा ९ हजार ६ सय ३३ जनाले ३.६ देखि ४ जिपिए ल्याएका थिए। राष्ट्रिय परीक्षा बोर्डले फेल भएकाहरूले माध्यमिक शिक्षा परीक्षा (एसइई) यही साउन १८ र १९ गते परीक्षा दिन पाउने जनाएको छ।