logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डा.सैयदद्वारा आपतकालिन राहत वितरण


अंकुरण खबर
6.305K
Shares

डा.मनोर दिन सैयदको पहलमा आफ्नो जन्मस्थान स्याङ्जा जिल्लामा आपतकालिन राहत वितरण गरिएको छ।

चिकित्सा पेशामा रहेर पनि देशका अधिकांश भाग पुगी स्वास्थ्य र समाजसेवामा अग्रणी भूमिका मा देखिन सफल डा.मनोर दिन सैयदको पहलमा आफ्नो जन्मस्थान स्याङ्जा जिल्ला,भिरकोट-१ र २ का अति प्रभावित परिवारहरुलाई आपतकालिन राहत वितरण गरिएको छ।

असार को अन्तिम साता स्थानीय खादिखोला मा लेदो सहितको भीषण बाढीले बयरघारी बजार र स्थानीय हरुको खेतीपातीमा व्यापक नोक्सान पुगेको जनप्रतिनिधि मोहमद मियाले बताउनु भयो। बि.स. २०२७ साल पछीकै बिघ्न खोला को उर्लदो रुप आफुहरुले देखेको स्थानीय जेष्ठ नागरिक ८० बर्षीय जुद्ध बहादुरले बताए साथै यहि माटोमा हुर्केका डा.सैयदको मानवीय सहकार्यताप्रति समेत हार्दिक आभार व्यक्त गरे।

खासगरी शैक्षिक सहायता, खाद्यन्न , नि-शुल्क स्वास्थ्य शिविर साथै शल्यक्रिया ,न्यानो कपडा ,शुद्ध पिउनेपानी र आपतकालीन राहत मा काम गर्नुभएको डा.सैयदद्वारा यो पटक ३० परिवारलाई  त्रिपाल र ५५ परिवारहरुलाई खाद्यन्न सामाग्री वितरण गरिएको थियो।