logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गायक प्रकाश तिमल्सिना भैँसेपाटीमा मृत फेला


अंकुरण खबर
1.313K
Shares

गायक प्रकाश तिमल्सिना मृत फेला परेका छन्।

ललितपुर महानगरपालिका-१९ भैँसेपाटीमा बस्दै आएका ३५ वर्षीय तिमल्सिना शनिवार अपराह्न सुतिरहेको खाटमा मृत भेटिएका थिए।

उनको मुखबाट थोरै रगत निस्किएको अवस्था देखिएको प्रहरीले जनाएको छ। तिमल्सिना श्रीमतीसहित त्यहाँ बस्दै आएका थिए। घटना हुँदा भने श्रीमती विराटनगरमा थिइन्। घटनापछि श्रीमती आइपुगेकी छिन् ।

प्रहरीले साँझ ९ बजे तिमल्सिनाको शव पोस्टमार्टमका लागि पाटन अस्पताल ल्याइएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा तिमल्सिनाको स्वास्थ्यमै अचानक आएको समस्याले मृत्यु भएको हुन सक्ने आशंका गरेको छ ।

‘प्रिय तिम्रो सिउँदोमा’लगायत थुप्रै गीत गाएका उनी रियालिटी सोबाट चम्किएका थिए। उनी दृष्टिविहीन हुन् ।