logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शुक्रबार राति पशुपति कोटीहोममा भएको तनाबबारे छानबिन गर्न सात सदस्यीय समिति गठन


अंकुरण खबर
1.755K
Shares

पशुपतिनाथ कोटीहोमस्थलमा शुक्रबार राति भएको घटनाको छानबिन गर्न स्थानीय प्रशासनले सात सदस्यीय छानबिन समिति गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसनका विष्णुकुमार थापा सदस्य छन् ।

समितिको सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुपम पौडेललाई चयन गरिएको छ । उक्त समितिलाई कोटीहोम आयोजनास्थलमा शुक्रबार राति भएको घटनाका बारेमा स्थलगत अध्ययन र छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

शुक्रबार राति कथावाचक विजय कृष्णमूर्तिलाई पक्राउ गर्न प्रहरी पुगेको भन्दै तनाव उत्पन्न भएको थियो ।