logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज चार संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल


अंकुरण खबर
2.106K
Shares

आज संघीय संसदका चारवटा समितिको बैठक बस्ने भएको छ ।

कानुन न्याय तथा मानव अधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिको बैठब बस्ने भएको हो । बिहान ११ बजे बस्ने कानुन समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका साथै विविध विषयमा छलफल हुने भएको छ ।

बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचविखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुनेछ ।

त्यस्तै, बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत कार्यरत कर्मचारीहरूको समस्याका सम्बन्धमा छलफल हुनेछ । नेपालमा ईआईएरआईईई लगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्याका साथै विविध विषयमा छलफल हुनेछ ।