हरितालिका (तीज) पर्वको अवसरमा राजधानीको पशुपतिनाथ मन्दिर परिसर बिहानैदेखि रातो रंगले सजिएको छ ।
तीजमा नेपाली हिन्दु महिलाहरु महादेवको पूजा आरधनाको लागि पशुपतिनाथलगायत मुलुकभरका शिवालयमा बिहानैदेखि पुगेका हुन् । आज व्रत बसेर शिव पार्वतीको पूजा, उपासना गर्दै नाचगान गर्ने धार्मिक प्रचलन छ । यसबाट पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने विश्वास लिइन्छ ।













