logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य बढ्यो


अंकुरण खबर
897
Shares

काठमाडौं – आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन ४ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेर ७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन तोलामा ७४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज ५ रुपैयाले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।