बुधबार बिहान करिब ४ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ रमनटार समीडाँडामा यात्रुबाहाक बस दुर्घटना भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ रमनटार समीडाँडामा बुधबार बिहान भएको बस दुर्घटनामा ३५ जना यात्रु घाइते भएका छन् । २८ जना घाइतेलाई उपचारका लागि चितवन भरतपुर लगिएको छ । ४ जनाको हेटौंडा अस्पताल र ३ जनाको मनहरीस्थित अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंबाट महोत्तरीका लागि छुटेको प्रदेश २-०३-००१ ख ३६३९ नम्बरको बस बुधबार बिहान ४ बजे सडकदेखि १० मिटर तल खसेको थियो ।
तीव्र गतिमा आएको बस मोड काट्ने क्रममा सडकबाट तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था गम्भीर नभएको प्रहरीको भनाइ छ ।