logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुदै


अंकुरण खबर
14.82K
Shares

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आधारभूत स्वास्थ्य सेवा सहज पहुचको निम्ति मकवानपुर जिल्ला थाहा न.पा.४,थाहाबजारमा फाल्गुन २४ गते शनिबार बृहत निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम हुदैछ।
मनमोहन शिक्षणअस्पताल स्वयम्भु र पालुङ बहु-उद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्तको आयोजनामा हुने उक्त शिविरमा अस्पतालका सिनियर सर्जन डा.मुजः श्रेष्ठको नेतृत्त्वमा डा.मनोर दिन सैयद(स्त्री तथा प्रसुती),डा.निराजन सुबेदी (हाडजोर्नी तथा नशा), डा.इबराज सिम्खडा (फिजिसियनररेडियोलोजीं, डा.दिबित अधिकारी (नाक,कान,घाटी),डा.राजेन्द्र ढुंगाना (जनरल मेडिसिन),पदम खड्का (फार्मेसी),सन्जिब गिरी(फार्मेसी),सुनिला श्रेष्ठ (नर्सिंग),संजिव कंडेल(अस्पताल प्रशासन) रंजित गिरीले(फार्मेसी र ब्यबस्थापन) सहितको टोलि रहने अस्पतालका कार्यकारी निर्देशक डा.एन.शर्माले जानकारी दिएका छन्।

शिविरमा सेवा लिने महानुभावहरुलाई थप उपचार र अनुसन्धानको लागि मनमोहन अस्पताल आउन परेमा बिशेष छुट को व्यवस्था समेत हुने छ।